काठमाडौँ । नेपाल राष्ट्र बैंकद्वारा बैशाख १९ मा जारी निर्देशन अनुसार अब क्रेडिट कार्डबाट लोड गरिएको रकम बैंकमा ट्रान्सफर गर्न नमिल्ने प्रावधान लागु भएको छ। सो प्रावधान खल्ती डिजिटल वालेट ले २ वर्ष अघि देखि नै लागु गर्दै आईरहेको थियो। यस निर्देशन लागु भए लगत्तै, अब क्रेडिट कार्डबाट लोड गर्ने प्रयोगकर्ताले रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्रेडिट कार्ड बाहेक अरु अनलाइन माध्यमबाट लोड गरिएको रकम भने नेपाल राष्ट्र बैंकको ट्रान्सफर सीमामा रही सहजै ट्रान्सफर गर्न सकिनेछ।
यसका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने : ‘खल्ती’ ले नेपाल राष्ट्र बैंकको निर्देशन अघि नै यस प्रावधानको पालना गर्दै आएको छ। यो व्यवस्थाले डिजिटल माध्यमहरूको जिम्मेवारीपूर्ण प्रयोगतर्फ थप एक कदम अघि लिएको रूपमा काम गर्नेछ भन्ने हाम्रो विश्वास छ।” भर्खरै स्टार्ट–अप सक्सेस अवार्डबाट मान्यता प्राप्त खल्ती आफ्नो सेवाको ५औं वर्षमा पुगेको छ। यसले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ। हाल, यससँग 5०K+ एजेन्ट नेटवर्कको साथमा देशभर २० लाख+ प्रयोगकर्ताहरू छन्। खल्तीबाट प्रयोगकर्ताहरूले आफ्नो फोन र टिभी टप–अप गर्न, इन्टरनेटको बिल, बीमा प्रिमियम, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल, आन्तरिक उडानको टिकट किन्न, चलचित्रको टिकट बुक गर्न र अन्य धेरै कुराहरू गर्न सक्छन् । khalti.com/app बाट खल्ती डाउनलोड गर्न सकिन्छ। थप जानकारीको लागि, संयोजक – आकृती शर्मालाई [email protected] मा इमेल गर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्