काठमाडौँ । अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिङ्क रिफर गरी कमाउन सकिने अफर फिर्ता ल्याएको छ। यस अभियानमा खल्ती केवाईसी प्रमाणित भएका जो कोहीले आफ्नो आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरिआम्दानी गर्न सक्नेछन्। प्रत्येक रिफरमा प्रयोगकर्ताले रु. ५० कमाउनेछन् । खल्तीमा बैंक लिङ्क गर्ने अफर रिफर गर्नेका साथै आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि पनि राम्रो अवसर हो। केहि सेकेन्ड मै बैंक खाता लिङ्क गरि प्रयोगकर्ताहरूले आफ्नो वालेटमा बिना लोड भुक्तानी गर्न सक्नेछन्। यो सेवा समय बचत गर्नको लागि लोकप्रिय सुविधा हो। यसका साथै, प्रयोगकर्ताले ‘खल्ती’मा एभरेष्ट बैंक वा माछापुच्छ्रे बैंक खाता लिङ्क गरेमा रु. १०० बोनस र स्मार्टफोन जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् ।
यस अफरको बारेमा कुरा गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “बैंक लिङ्क भुक्तानी सहज गर्ने सुविधा हो जुन हाम्रा प्रयोगकर्ताहरूले एकदमै मनपराएका छन्। यसले वालेट लोड गर्नेहरूको समय बचत गर्छ र भुक्तानी गर्न लाग्ने समय बचत गर्छ। यस सुविधालाई थप प्रयोगकर्ता माझ पुर्याउन बैंक लिङ्क गर्न प्रोत्साहित गर्न रिफर एण्ड अर्न अफर ल्याएका हौँ। ” ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। www.khalti.com/app बाट खल्ती डाउनलोड गर्न सकिन्छ।थप जानकारीको लागि, कृपया एच् संयोजक – आकृती शर्मालाई media@khalti=com मा इमेल गर्नुहोस्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्