×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सेयर बजारलाई नजिकबाट नियालेका छौँ, हाम्रो सरकार आएपछि सबलाई उकास्ने नीति बनाउँछौँ’ : केपी ओली

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफु र आफ्नो पार्टीले सेयर बजारलाई नजिकबाट नियालीरहेको बताएका छन् । मंगलबार गृहनगर झापामा सेयर लगानीकर्ताहरुसँग भेट्दै ओलीले यस्तो बताएका हुन् । उनले अहिलेको सेयर बजारमा धेरै नयाँ लगानीकर्ताहरु फसेको आफुलाई थाहा भएको र आफ्नो सरकार आएपछि सबैलाई उकास्नेगरी नीति बनाउनेसमेत बताएका छन् ।

लगानीकर्ताहरुसँगको भेटमा उनले समायमिक सेयर बजारबारे लगानीकर्ताका समस्या र सुझावहरु सुनेका थिए । लगानीकर्ताहरुका कुरा सुनेपछि उनले आफु लगानीकर्ताका समस्याबारे गम्भीर भएको र लगानीकर्ताका समस्याहरु आफ्नो आउँदो सरकारले समाधान गर्नेसमेत बताएका छन् । अहिले चुनावको व्यस्तताका बीच पनि लगानीकर्ताहरुका समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा आफुले पार्टीभित्रका विज्ञहरुसँग बुझिरहेको र छिट्टै नै सेयर लगानीकर्ताका समस्याबारे आफ्नो पार्टीले समाधानको उपायसहितको तयारी गर्ने उनको भनाई छ ।

उनको सरकारका पालामा विष्णु पौडेलले सेयर बजारप्रति देखाएको सकारात्मकताले धेरै लगानीकर्ता उत्साहित भएका थिए भने उनकै पालामा अर्थमन्त्री युवराज खतिवडालाई भने सेयर लगानीकर्ताहरुले रुचाएका थिएनन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: