काठमाडौं । वैशाखमा घरजग्गा कारोबार सुस्ताएको छ । मासिक ७० हजारको हाराहारीमा किनबेच हुँदै आएको घरजग्गा कारोबारमा चुनावले भने करिब ५० प्रतिशत घटेको हो । वैशाख महिनामा हालसम्मकै कम घरजग्गा कारोबार भएको विभागको तथ्याङ्कले देखाएको छ । वैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट करिब ९९ हजार सेवा प्रवाह हुँदा ४४ हजार ८०३ घरजग्गा किनबेच भएको हो । चाडपर्वको समयमा पनि मासिक ५० हजारभन्दा बढी घरजग्गाको कारोबार भएको थियो । यस्तै गत चैतमा पनि ७१ हजार घरजग्गा किनबेच भएको थियो ।
वैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट ४४ हजार ८०३ लिखत पारित हुँदा ३ हजार २०३ नामसारी, २ हजार ५१३ संशोधन, २३ हजार ३३५ रोक्का, १५ हजार १३१ फुकुवा र १३ सय ५१ दाखिला खारेज गरेको छ । सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट घरजग्गाको कारोबार भएको छ । इनरुवा मालपोतबाट २ हजार ६४ घरजग्गा किनबेच भएको छ । यस्तै बेलबारी मोरङबाट १८ सय ८९, भद्रपुर झापाबाट १७ सय २०, जनकपुरधाम धनुषामा १५ सय ३६, ललितपुर लगनखेलबाट १४ सय ३१ र नेपालगञ्जबाट १३ सय ७९, भक्तपुरबाट १३ सय १६ र चितवनबाट ११ सय ३५ घरजग्गा किनबेच भएको छ ।
वैशाख महिनामा उपत्यकामा ६ हजार १०९ घरजग्गा किनबेच भएको छ । वैशाख महिनामा उपत्यकामा सबैभन्दा बढी ललितपुर मालपोत कार्यालयबाट किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट १४ सय ५१ वटा घरजग्गा किनबेच भएको हो । त्यसैगरी भक्तपुरबाट १३ सय १६, कलंकीबाट ११ सय १०, साँखुबाट ७४१, चावहिलबाट ५ सय ६३, मनमैजुबाट ४४४, डिल्लिबजारबाट २७७, टोखाबाट २११ र गोटीखेलबाट १६ वटा घरजग्गाको किनबेच भएको छ । यता वैशाख महिनामा विभागले देशभरबाट पौने ५ अर्ब बढी राजस्व संकलन गरेको छ । विभागका अनुसार वैशाखमा देशभरको मालपोत कार्यालयबाट ४ अर्ब ७८ करोड ५ लाख २८ हजार राजस्व संकलन भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्