काठमाडौं । लाइसेन्सको नयाँ फारम भर्ने मिति सरेको छ । बुधबारदेखि खुल्ने भनिएको लाइसेन्सको नयाँ फारम नयाँ सफ्टवेयरमा समस्या आएको कारण फेरि एक साता पर सरेको हो । अब लाइसेन्सको नयाँ फारम अर्को हप्ताबाट मात्र खुल्ने भएको छ ।
नयाँ सफ्टवेयरमा पुरानो सफ्टवेयरको डेटाहरु लिंकअप गर्ने कार्यमा समस्या देखिएको जानकारी यातायात व्यवस्था विभागले दिएको छ । पुरानो सफ्टवेयरमा भएको डेटा सर्भिसहरु लिंकअप नभई नयाँ फारम खोल्ने कार्य गर्न नसकिने पनि विभागले जनाएको छ ।
विभागका अनुसार केही गरी धेरै समय लाग्ने भयो भने कोटा तोकेर केही दिन पुरानै सफ्टवेयरबाट फारम भर्ने व्यवस्था मिलाउने बारे छलफल चलिरहेको छ । केही दिन अघि २४ वटा कार्यालयबाट दैनिक १५ हजारलाई १५ दिनभित्र सेवा दिने गरी सफ्टवेयर तयार पारिएको बताएको थियो । तर नयाँ सफ्टवेयरमा समस्या देखिएको भन्दै फेरि लाइसेन्सको नयाँ फर्म भर्ने काम सरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्