×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सवारी लाइसेन्सको लागि अनलाइन आवदेन आजबाट पुनः खुल्ला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सवारी लाइसेन्सको लागि अनलाइन आवदेन आजबाट पुनः खुल्ला

Artha Sarokar

१६ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन आजबाट पुनः खुल्ला गरेको छ । विभागले एक सुचना जारी गर्दै लाइसेन्सका लागि हालसम्म परेका अनलाइन आवेदनहरू रद्द गरी सोमबारबाट अनलाइन आवेदन प्रणाली सुरु गरेको हो ।

विभागका अनुसार नयाँ सवारी चालक अनुमति पत्र प्राप्तका लागि विभागले तोकेको वेवसाइटमा लगईन गरी नयाँ आवेदन फाराम भर्न सक्ने भएका छन् । विभागले अहिले नयाँ प्रविधिको विकास गरेको छ । जसबाट सहजै सेवाग्राहीले सेवा प्रदान गर्ने सक्नेछन् । अबदेखि सेवाग्राहीले नै अनलाइनबाट फाराम भरी आवश्यक दस्तुर र ट्रायलको लागि मिति लिन सक्ने भएका छन् ।

विगतको दिनमा लाइसेन्सका लागि सेवाग्राहीले विभागले तोकेको मितिमा कार्यालयमा सहभागी हुनुपर्ने व्यवस्था थियो । जसमा विभागका उच्च सेवाग्राहीको चापले वर्षौ कुनुपर्ने बाध्यतालाई हटाउँदै विभागले नयाँ प्रविधिको विकास गरेको हो । उक्त प्रविधिले सेवाग्राहीले सहजै लाइसेन्सको प्रक्रिया अगाडि बढाउन सक्ने र सहजै ट्रायल दिन पाउने विभागले जनाएको छ । साथै यातायात व्यवस्था कार्यालयमा तिर्नुपर्ने राजस्व पनि अनलाइनबाटै तिर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी