×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

Artha Sarokar

१८ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ। औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेका छन् । मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक विना कुनै पूर्व सूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थलापर्ने अवस्थामा पुगेका छन् । यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकुल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको छ । चर्को लोडसेडिङले अब उद्योग संचालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रह सहित सयौ उद्योगहरूबाट महासंघमा अनुरोध पत्र आएका छन् ।

लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत आपूर्ति बन्द हुदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुदा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र सावा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएकोतर्फ महासंघ सरकार र नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराउछ । प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि विगतमा पटकपटक गरेको प्रतिवद्धताको महासंघ स्मरण गराउन चाहन्छ । यसले मुलुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिने चिन्ता छ ।

एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विना सूचना घण्टौं विद्युत आपूर्ति अवरुद्ध पार्नुले थपचिन्ता प्रकट गरेको छ । उत्पादन लागत निरन्तर बढीरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको सोधनान्तर घाटालाई थप फराकिलो बनाउने छ । विद्युतको नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुम्न गई समग्रमा निर्यातनै प्रभावित हुनेछ । विद्युत उर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग संचालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो असम्भव प्राय छ र त्यसरी उत्पादन गरेका वस्तुआपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आमजनजीवन थप कष्टकर हुने विश्लेषण छ ।

अतः विद्यमान समस्याको तत्काल समाधानका लागि कुटनीतिक माध्यमबाट भारतसँग छलफल गरी नेपाललाई दिदै आएको विजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्व पहल गर्न महासंघ गम्भीर आग्रह गर्दछ । त्यस्तै उद्योगहरूमा विद्यतु कटौती हुने तालिका सार्वजनिक गर्न र विजुली दिन्छु भनेको समयमा निर्वाध विद्युत आपूर्तिको सुनिश्चिता दिलाउन महासंघको जोड छ । यसैगरी निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुु पर्ने, विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खोल्न र आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुुपर्नेतर्फ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण समक्ष गम्भीर आग्रह गर्दछ । चौतर्फी संकटमा रहेका उद्योगहरूले पछिल्लो पटक भोग्नु परेको उर्जा समस्या समाधानमा सरकारलाई गम्भीर हुन आग्रह गर्दै समस्या समाधान नभएमा जुनसुकै समय उद्योगहरू बन्द गर्नुपर्ने बाध्यता आउनेतर्फ सचेत गराउछौ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी