काठमाडौं । प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले सरकारी तथा नीजि सेवा तर्फ गरी प्राविधिकमा ४४५ जना कर्मचारीको माग गरेको छ । आयोगले नीजामति सेवाका स्वास्थ्य सेवा तर्फ ४औं तहका लागि २९ जना प्राविधिक र सरकारी सेवा तर्फ २३७ जना प्राविधिक कर्मचारीको माग गरेको हो ।
इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार ७ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि प्रत्येक विज्ञापनका लागि ३ सय रुपैयाँ र समावेशी समूहका लागि प्रतिसमूह थप १ सय ५० रुपैयाँ दस्तुर लाग्नेछ ।