काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३०.६५ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बिमा शुल्क १.९९ प्रतिशतले घटेर ५१ करोड ६६ लाख रुपैयाँ रहेको छ । कम्पनीको बिमा कोष ७.७० प्रतिशतले बढेर ७७ करोड १७ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीकोप्रतिसेयर आम्दानी १० रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ २८ पैसा रहेको छ ।