×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा आइतबार बस्दै, आइपीओ निष्कासन सम्बन्धि विशेष प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महालक्ष्मी लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा आइतबार बस्दै, आइपीओ निष्कासन सम्बन्धि विशेष प्रस्ताव पेस गरिने

Artha Sarokar

२५ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा वैशाख २५ गते आइतबार बस्दैछ । कम्पनीको उक्त सभा होटल हुकुम दरवार कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने प्रस्ताव पेश गर्ने भएको छ । नियामक बिमा समितिले जीवन बिमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेसँगै सोही अनुसार पुँजी वृद्धि प्रस्ताव राखिएको हो ।

अब सोही पुँजीलाई आधार मानेर आइपीओ जारी गर्ने भएको छ । तसर्थ सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ । सभामा अन्य जीवन बिमा कम्पनीहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेण्डा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी