Skip to content
LAXMI SUNRISE BANK

महिला लघुवित्तको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक,प्रतिसेयर आम्दानी ९० रुपैयाँ ४२ पैसा

अर्थ सरोकार

काठमाडौं। महिला लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा १० करोड २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ५५.७० प्रतिशतले बढी हो। गत वर्षको कम्पनीले ६ करोड ४२ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी २८.८५ प्रतिशतले बढेर २० करोड ६८ लाख ९ हजार रुपैयाँ पुगेको छ भने  सञ्चालन नाफा  ४८.१४ प्रतिशतले घटेर ४ करोड १० लाख ९४ हजार रुपैयाँमा पुगेको छ ।  कम्पनीको प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ५५ पैसा छ र प्रतिसेयर आम्दानी ९० रुपैयाँ ४२ पैसा पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK