काठमाडौं । खानेपानी मन्त्री उमाकान्त मन्त्रीले विश्वव्यापी रुपमा फैलिएका विभिन्न प्रकारका रोगहरुको रोकथाम गर्न खानेपानी, सरसफाई तथा स्वच्छताको महत्व बढ्दै गएको बताएका छन् । संयुक्त राष्ट्र संघ अन्तर्गतको ‘स्यानिटेसन एण्ड वाटर फर अल’ द्वारा इन्डोनेसियाको राजधानी जकार्तामा जेठ ४ र ५ गते आयोजना भएको मन्त्रीस्तरिय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गएका मन्त्री चौधरीले कार्यक्रमको पूर्ण सत्रमा नेपालको संविधान अनुसार स्वच्छ खानेपानी तथा सरसफाई सेवामा पहुँच मौलिक हकको रुपमा स्थापित भएकाले दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकार प्रतिवद्ध भएको बताएका छन्।
मन्त्री चौधरीले जलबायु परिबर्तको असरबाट खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा परिरहेको असर न्युनिकरण गरी दिगो समाधान गर्न उपयुक्त संस्थागत क्षमता विकास तथा थप लगानीको आवश्यकताको क्षेत्र पहिचान गरी सिकाईको आदान प्रदान गर्न सम्मेलनले योगदान पुग्ने विश्वास व्यक्त गरे। ‘बिल्डिङ फरवार्ड बेट्टर फर रिकोभरी एण्ड रिसाईलेन्स’ विषयमा भएको छलफलमा बोल्दै मन्त्री चौधरीले संघीय प्रणाली अनुरुप खानेपानी सरसफाई र स्वच्छता सेवामा प्रभावकारीता कायम गर्न तथा चुनौतिको सामना गर्न तीन तहकै सरकार र सरोकारवालासँगको सहकार्यमा जोड दिए ।
मन्त्री चौधरीले कार्यक्रममा सहभागी विकास साझेदारहरुलाई नेपालको खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा लगानी गर्न आव्हान समेत गरे । सम्मेलनमा भाग लिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली जकार्ता गएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्