×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्तको खुद नाफा घट्यो, अन्य सूचकहरुको अवस्था कस्तो ?

GLOBAL IME BANK
SHREE KESH

मिथिला लघुवित्तको खुद नाफा घट्यो, अन्य सूचकहरुको अवस्था कस्तो ?

२३ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। मिथिला लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा ५ करोड २ लाख ८४ हजार रुपैयाँमा खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो बर्षको तुलनामा १.७६ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको सञ्चालन नाफा ३.७२ प्रतिशतले घटेर ६ करोड ४२ लाख ४९ हजार रुपैयाँ पुगेको छ भने खराब कर्जा ०.५८ प्रतिशतले बढेर ३.४९ प्रतिशतमा पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी ९.३९ प्रतिशतले बढेर ९ करोड २६ लाख ६ हजार रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर आम्दानी ४९ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ५१ पैसा पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: