मिथिला लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुनः सत्यदेव राउत नियुक्त भएका छन् । कम्पनीको जेठ २ गते सोमवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा पुनः सत्यदेव राउतलाई नियुक्त गरेको हो । यो संगै राउतको कार्यकाल पुनः ४ बर्षको लागि थपिएको छ ।
मिथिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राउतले विगत ४ बर्षमा मधेश प्रदेशका सबै जिल्लामा शाखा सञ्जाल पुर्याई ४४ वटा शाखा मार्फत ३२ हजार ग्राहक सदस्यलाई आर्थिक रुपमा मात्र नभई सामाजिक तथा स्वास्थ्य क्षेत्रमा समेत सेवा गर्दे आएको बताए । जनताको लागि घरदैलोमा गई वित्तीय सेवा प्रवाह गर्नुको साथ साथै समय समयमा स्वास्थ्य शिविर, आँखा शिविर, तरकारी खेती जस्ता कार्यमा विशेष सहयोग पुर्याउँदै आएकोमा हाल नेपाल सरकारका सम्वन्धीत निकायसँग समन्वय गरी आफ्ना १०,००० ग्राहक सदस्यहरुलाई बैकल्पीक उर्जा कार्यक्रम अन्तर्गत विधुतिय चुलो वितरण गर्ने काम गरिरहेको र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत व्यवसाय गर्न चाहने युवा ग्राहकहरुलाई व्यवसाय गर्न सुलभ व्याजदरमा कर्जा प्रवाह गरिरहेको जानकारी दिए ।
उनले आगामी कार्यकालमा नेपाल सरकारसँग समन्वय गरी विभिन्न किसिमका सामाजिक तथा उत्पादन मुलक कार्यक्रमहरु गरि संस्थामा आवद्ध भएका विपन्न बर्गका मानिसलाई आर्थिक रुपले सक्षम बनाउन सहयोगि भुमिका खेल्ने र मिथिला लघुवित्त वित्तीय संस्थालाई देशकै उत्कृष्ट वित्तीय संस्थाको रुपमा पहिचान दिलाउने लक्ष्य रहेको जानकारी दिए । वि.सं. २०६६ सालमा स्थापना भएको वित्तीय संस्थाले २ अर्व ८ करोड लगानी रहेको छ भने ६४ करोड बचत परिचालन गरि मधेश प्रदेशको सबै भन्दा अव्वल प्रादेशिक स्तरको वित्तीय संस्थाको पहिचान राखेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्