×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको विशेष साधारणसभा जेठ ७ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नबिल बैंकको विशेष साधारणसभा जेठ ७ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

२२ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा हुने भएको छ । बैंकको जेठ ७ गते विशेष साधारणसभा हुने भएको हो । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो। विशेष सभा प्रयोजनका लागि बैंकले वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ । तर्सथ वैशाख २९ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र विशेष साभामा भाग लिन पाउने भएका छन् ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वायर गर्ने भएको छ । विशेष सभामार्फत एक्विजिसन प्रक्रिया भएमा सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वायर गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पनि पाइसकेको छ । यी दुई बैंकले गत पुस २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: