Skip to content
LAXMI SUNRISE BANK

नेसनल लाइफ इन्सुरेन्सको वित्तीय विवरण सार्वजनिक, खुद नाफा २०.७६ प्रतिशतले घट्दा प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार

काठमाडौं। नेसनल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा २५ करोड ५६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो बर्षको तुलनामा २०.७६ प्रतिशतले कम हो। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३२ करोड २५ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस्तै कम्पनीको खुद बिमा शुल्क १७.०४ प्रतिशतले बढेर १० अर्ब १७ करोड ५६ लाख २५ हजार रुपैयाँ पुगेको छ र जीवन बिमा कोषको आकार २१.९५ प्रतिशतले बढेर ४९ अर्ब ४ करोड ५७ लाख ५७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ३९ पैसा रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK