×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आन्दोलन तुहाईसकेपछि यस्तो प्रस्ताव – ‘अफिसरसम्मका कर्मचारी घटुवा नगरौं, माथिकालाई सकेसम्म बिदा गरौँ…’

काठमाडौँ । गत शुक्रबार नेपाल बंगलादेश बैंकको कर्मचारी युनियनले विभिन्न माग राख्दै आन्दोलन गर्यो । आन्दोलनको मागमा मुख्य माग थियो, ‘नबिल बैंकमा बिलय हुँदै गर्दा त्यहाँका अफिसर तहसम्म कसैको पनि घटुवा नगरियोस् ।’ यो कुरामा व्यवस्थापन पहिलादेखि नै सकारात्मक पनि थियो । तर कुरै नबुझी, र समय नै नआई कर्मचारीहरु आन्दोलनमा होमिएकाले, पहिला आन्दोलन तुहाउने अनि त्यसपछि के हुन्छ, राम्रै गरौंला भनेर सोच्यो व्यवस्थापनले । एनबिमा आन्दोलन भएको विषयमा नबिल यसै पनि रुष्ट थियो । आन्दोलन झन् चर्किए, ‘दुई तहको घटुवा प्रस्ताव गर्ने’सम्मका कुरा निस्किएका थिए । तर आन्दोलन मथ्थर भएपछी अफिसर तहसम्म कर्मचारी घटुवा नगर्ने विषयमा नबिल पनि सकारात्मक भयो । ‘आन्दोलन तुहिहाल्यो । अव २ तह घटुवा गरौँ कि के हो ?’ भन्ने कुरा पनि उठेको थियो ।’ नबिल स्रोतले भन्यो, ‘हामीले आग्रह-पूर्वाग्रह भन्दा पनि हाम्रो डिसिजन कस्तो भयो भनेर हेर्ने हो । सोमबार रातीसम हामीले अफिसर तहसम्म कर्मचारीको घटुवा नगर्नेगरी प्रस्ताव गरी छलफल अगाडी बढाएका छौं । अन्तिम निर्णय यसै आउला भन्न सकिन्न । तर जहाँसम्म तयारी छ, अफिसर तहसम्म कसैको घटुवा अव हुने छैन । बीचबीचमा आन्दोलन गरेर तलमाथि ठुला कुरा गर्न थाले भनेचाहिं जे पनि हुनसक्छ ।’
यसरी तुहियो आन्दोलन, र यसरी आयो गज्जबको प्रस्ताव
गत शुक्रबार २ बजे बोलाइएको बैठकमा बैंकका पूर्व सीइओ र अन्यथा नभएमा अवको नयाँ नबिलको सीइओ ज्ञानेन्द्र ढुंगानाले ‘हामीजस्तो बैंक नम्बर १ बैंकसँग बिलय हुँदै गर्दा १ तह घटुवा हुनु सामान्य हो’ भन्ने धारणा राखेका थिए । त्यसपछि त उल्टै कर्मचारीहरु ढुंगानाप्रति जाई लागे । ‘११ नम्बरको बैंकलाई आफैं यति तल ल्याउने अनि हाम्रो घटुवा गर्ने ?’ कर्मचारीको यस्तो रवाफपछि ढुंगाना ‘आगो’ भए । भोलिपल्ट आन्दोलन भयो । आन्दोलन हुँदै गर्दा ढुंगाना पुन: बैंक पुगे । आन्दोलन गर्नेहरुलाई सम्झाए, तर उनीहरु सम्झिएनन् । त्यसपछि ढुंगानाले तीतो बोली गरेर युनियनका नेताहरुलाई थर्काए पनि । त्यसपछि ढुंगानाका अगाडी लार्याकलुरुक भएका युनियनका अधिकारीको बोल्ती बन्द भयो । उनीहरु आन्दोलन फिर्ता गर्न तयार भए । र मागको कुनै सुनुवाई र आश्वासन विना उनीहरुको आन्दोलन तुहियो ।
सोमबारको दिन कुनै पनि आन्दोलन भएन । अन्तत: आन्दोलन तुहिएको निस्कर्षसहित अव ‘कुल’ भएर निर्णय गर्ने गरी एनबि र नबिलबीच कुराकानी भयो । अन्तत: नबिलमा जाँदा एनबि बैंकमा कार्यरत अफिसर तहसम्म कसैको पनि घटुवा नगर्नेगरी प्रस्तावउपर छलफल जारी छ। । ‘अफिसरचाहिं घटुवा गर्ने कि भन्ने अझै पनि छलफल छ । तर सीइओनै एनबिको राखेपछि त्यसो नगरौं भन्ने कुरा छ, त्यसैले सम्भवत अव अफिसर तहसम्म कसैको पनि घटुवा हुनेछैन। ‘
सानालाई काइदा, ठुला तहका कर्मचारीलाई मर्का
अव नबिलमा जाने अफिसर तहभन्दा माथिका जो कोहि कर्मचारीको घटुवा रोक्न सक्ने स्थिति कसैमा देखिएन । अव नबिल जाने वा नजाने विकल्प रोज्नेहरुमध्ये ५० बर्षभन्दा माथि उमेर पुगेका वा १५ बर्षसम्म बैंकमा काम गरेकाहरुलाई भीआरएसको विकल्प छ । बैंकले सोमबार ल्याएको भीआरएस स्किमअनुसार बैंकमा गरिएको कामको अनुभव र कर्मचारीको उमेर हेरेर केहि महिनाको तलव लिएर घर जान सक्नेगरी लगायतका स्किम ल्याएका छन् । घटुवा भएर नबिल जान नचाहाने र नेपाल बंगलादेश बैंकमा १५ बर्षभन्दा कम काम गरेका ५० बर्ष मुनिका कर्मचारीहरु रित्तो हात घर फर्कनेछन् । वा उनीहरुसँग नबिलमा घटुवा भएर जानेबाहेक् अन्य कुनै विकल्प छैन । भीआरएस स्किम जस्तो दिएको छ, त्यस्तै दिनेगरी अव प्राय सिनियर मेनेजमेन्टका सबैले जागिर छोड्ने भएका छन् । बैंकका सिनियर कर्मचारी र हालका डेपुटी सीइओ सुरेन्द्र भुषण श्रेष्ठसहित बैंकका माथिल्लो तहका कर्मचारीमध्ये सबैले बैंकको जागिर छोड्ने लगभग पक्कापक्की भईसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: