×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लास्ट रिमाइन्डर’ : एनसीसी बैंकको १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन !

GLOBAL IME BANK
SHREE KESH

‘लास्ट रिमाइन्डर’ : एनसीसी बैंकको १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन !

४ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज बुधबार जेठ ४ गते अन्तिम दिन रहेको छ ।  कम्पनीको १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि संस्थापक सेयरमा आज कार्यालय समयसम्म आवेदन दिने पाइने भएको हो । कम्पनीले वैशाख २१ गतेबाट उक्त संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको थियो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १३० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसारमार्ग, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन जेठ ५ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटल हात्तिसारमार्ग, कमलादी काठमाडौंमा खोलिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: