×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो ३४ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेको इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो ३४ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा

Artha Sarokar

२९ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ३४ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको भन्दा २.३६ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३५ करोड ९ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता बिमा कोषको आकार भने २६.१७ प्रतिशतले बढेर १ अर्ब २७ करोड ७ लाख ९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३० रुपैयाँ ०२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ०५ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी