काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले नेपालमा औद्योगिकग्राम स्थापना गर्न मलेसियासँग आग्रह गरेको छ । चेम्बरका प्रतिनिधिले सोमबार चेम्बर भवन जमलमा नेपालका लागि मलेसियाका चार्ज डी अफेयर्स मोद फजले विन अवु हसनसँगको भेटमा पर्यटन, सूचना प्रविधि तथा उत्पादनमा एकीकृत लगानीको अवधारणाअन्तर्गत औद्योगिकग्राम निर्माणका लागि मलेसियालाई आग्रह गरेका हुन् ।
भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल र मेलेसियाबीच लगानी सम्बन्धमा सरकारी तवरमै उच्चस्तरीय सहकार्य हुनुपर्नेमा जोडदिए । नेपालमा मलेसियाको लगानी सुनिश्चितताका लागि आफूहरूले पहल गर्ने उनको भनाइ थियो । “नेपाल र मलेसियाबीच श्रमको क्षेत्रमा उच्चस्तरीय सहकार्य हुँदै आएको छ, नेपालमा विप्रेषण भित्र्याउने दृष्टिकोणले पनि मलेसिया नेपालको उत्कृष्ट गन्तव्य बनेको छ, श्रम सहकार्यसँगै अन्य विभिन्न क्षेत्रमा लगानीका लागि हामी मलेसिया सरकारलाई आग्रह गर्दछौँ”, उनले भने । सो अवसरमा अध्यक्ष मल्लले नेपालमा खासगरी पर्यटन, जलविद्युत्, सूचना प्रविधि, हस्तकलामा लगानी गर्न आग्रहसमेत गरे ।
मलेसियाका चार्ज डी अफेयर्स हसनले लगानीका लागि आफूहरू तयार रहे पनि प्रतिफलको सुनिश्चिततासम्बन्धी कानुन स्पष्ट हुन नसकेको बताए । “मलेसियाले सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय दक्षिण एसियाली राष्ट्रमा लगानी बढाइरहेको छ, हामीलाई नेपालमा पनि लगानी गर्न कुनै समस्या छैन । तर प्रतिफलसम्बन्धी नीतिगत व्यवस्थामा स्पष्ट हुनसकेका छैनौँ”, उनले भने । जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा नेपालमा लगानी गर्न मलेसिया तयार रहेको उनको भनाइ थियो । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्