काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडको साधारण सभाले नबिल बैंक लिमिटेड सँग एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ, जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।
उक्त साधारणसभाले नेपाल बंङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन (Due Diligence Audit Report), समझदारीपत्र (Memorandum of Understanding) तथा अन्तिम सम्झौता पत्र (Final Scheme of Agreement/Arrangement) लगायतका सम्पूर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात चैत्र मसान्तको बित्तिय विवरण अनुसार नबिल बैंकको चुक्ता पूजी रू.२२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम रू.३०९ अर्ब र निक्षेप रकम रू.३२० अर्ब पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार रू.१४५ पुग्नेछ । प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा रू.४ अर्ब ४६ करोड हुनेछ ।
नेपालको बैंकिंगमा सेवामा अग्रणी स्थानमा रहदै आएको नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात बाणिज्य बैंकहरु मध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैर व्याज आम्दानी, गैरकोषमा आधारित व्यबसाय, तथा कुल नाफा लगायतका विभिन्न सूचकांकहरुमा अग्रणी स्थानमा सुनिश्चित गर्नेछ । यस प्राप्तिसँगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनिती अनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्