×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंका लागि विद्युत् प्राधिकरणले थाल्यो हटलाइन सेवा, ग्राहकले प्राधिकरणसँग सम्बन्धित गुनासो टिपाउन सक्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काठमाडौंका लागि विद्युत् प्राधिकरणले थाल्यो हटलाइन सेवा, ग्राहकले प्राधिकरणसँग सम्बन्धित गुनासो टिपाउन सक्ने

११ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका ग्राहकहरूको सहजताका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ । विद्युत सेवा आपूर्ति सम्बन्धी गुनासो तथा सूचना एवं जानकारीहरू एकै स्थानबाट आदान-प्रदान गर्न सकिने गरी ग्राहकहरूका लागि उक्त कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

११५० नम्बरको कल सेन्टरमा ग्राहकले प्राधिकरणसँग सम्बन्धित गुनासो टिपाउन सकिने भएको छ । उक्त कल सेन्टर २४ नै घण्टा सञ्चालनमा रहनेछ । ग्राहकहरूले विद्युत् प्राधिकरणको हटलाइन ११५० मा फोन सम्पर्क गरी अंक १ डायल गरेर कल सेन्टरमा जानकारी गराई सेवाको लाभ लिन सकिने प्राधिरकणले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: