×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्धारा सञ्चालित विद्युतीय चेक क्लियरिङ्ग प्रणाली एनसीएचएल ईसीसी र अन्तरबैंक भुक्तानी प्रणाली एनसीएचएल आईपीएसका कारोबार समय परिवर्तन भएको छ । नेपाल सरकार र सर्वसाधारण समेतलाई विद्युतिय कारोबार गर्न थप प्रोप्साहन गर्नको लागि समय परिवर्तन गरिएको हो । २०७९ जेठ ३ गते मंगलबारदेखि लागू हुने गरी प्रणालीहरुको समय सीमा परिवर्तन गरिएको हो । उक्त प्रणालीहरु शुक्रबारसमेत पूर्ण रुपमा सञ्चालनमा रहने भएका छन् ।

एनसएिचएल ईसीसी प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ः०० बजेसम्म र एक्सप्रेस सत्रमा दिउँसो ४ः०० बजेसम्म पेश हुन आएमा चेकहरु सोही दिनमा नै राफसाफ भई अन्तिम सेटलमेन्ट ५ः१५ पछि हुने व्यवस्था गरिएको छ । हरेक २-२ घण्टा भित्र चेकको राफसाफ गर्न मिल्ने एक्स्प्रेस क्लियरिङ्ग दिउँसो ४ः०० बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ वटा एक्स्प्रेस क्लियरिङ्ग सत्रहरु सञ्चालनमा रहने भएको छ । त्यस्तै २०÷३० करोड रुपैयाँसम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङ्गको सत्र पनि थप गरी दिउसो ३ः०० बजेसम्म चेक पेश गर्न सकिने भएको छ ।

त्यसैगरी एनसीएचएल आईपीएस प्रणालीमा साँझको ५ बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा टी प्लसमा नै राफसाफ हुने भएको छ । साथै बिहान ९ः०० बजेदेखि ५ः०० बजे सम्म प्राप्त भुक्तानी आदेशहरु हरेक २-२ घण्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु पनि थप गरिएका छन् । हरेक दिनको ५ः३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी फण्डिङ्ग सम्बन्धी भुक्तानी आदेशहरु समेत सोही दिनमा फर्छ्यौट हुने व्यवस्था गरिएको छ ।

तोकिएको समय सीमा पश्चात प्रणालीमा पेश हुन आएका कारोबारहरु अर्को कार्य दिनमा राफसाफ हुने छ भने कार्तिक १६ गते देखि माघ १५ गते सम्म आरटिजीएस समय सीमासँग मिल्ने गरी एनसीएचएल आईपीएस प्रणालीको समय सीमा एक घण्टाको लागि कम हुनेछ । त्यसैगरी रिटेल पेमेन्ट स्वीच आरपीएस कनेक्ट आईपीएस माफर्त हुने रियल टाइम भुक्तानीलाई थप टेवा पुर्याउन बैंकहरुबीच हुने सेटलमेन्टलाई हरेक १ घण्टामा साँझको ६ बजेसम्म गरिनेछ । ग्राहकको खातामा भने उक्त कारोबार रियल टाईममा नै हुने व्यवस्था यथावत नै रहनेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: