Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्सुरेन्सको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७१ पैसा

अर्थ सरोकार

काठमाडौं। नेपाल इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ५.४९ प्रतिशतले बढी हो। गत वर्ष  कम्पनीले १७ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको बिमा कोषको आकार २९.८० प्रतिशतले बढेर ६५ करोड ८३ लाख ८ हजार रुपैयाँ पुगेको छ र खुद बिमा शुल्क पनि ३.३५ प्रतिशतले बढेर ६० करोड १३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७१ पैसा रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK