×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११.५७८ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित नेपाल इन्स्योरेन्सले जेठ ३० गते बोलायो वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

११.५७८ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित नेपाल इन्स्योरेन्सले जेठ ३० गते बोलायो वार्षिक साधारणसभा

Artha Sarokar

८ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीकोे वार्षिक साधारणसभा जेठ ३० गते सोमबार हुने भएको हो । सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे हुने भएको छ ।

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तैगरी अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ ।

सभामार्फत सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २/२ जना सञ्चालकहरुको निर्वाचन हुनेछ । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ३७ करोड ८९ लाख ८५ हजार रुपैयाँ पुग्ने भएको छ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन पनि हुने भएको छ ।

सञ्चालक समिति र उप समितिको बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गतेदेखि बुक क्लोज गर्ने भएको छ । तसर्थ जेठ १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी