Skip to content
LAXMI SUNRISE BANK

नेपाल लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत ब्याज छुट पाउने

अर्थ सरोकार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत ब्याज छुट पाउने भएका छन् । कम्पनीबाट बीमालेख खरिद गरेका तर विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरूलाई छुटको योजना ल्याईएको हो ।

कम्पनीका अनुसार २०७७ वैशाख २५ देखि भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क समयमा भुक्तानी नगरी व्यतित भएका सम्पूर्ण बीमालेखहरूमा ३५ प्रतिशत ब्याज छुट दिने भएको हो । उक्त छुट २०७९ बैशाख २५ गतेदेखि असार २४ गतेसम्म लागू हुनेछ । २०७७ वैशाख २५ गतेदेखि बीमाशुल्क तिर्नुपर्ने बीमालेखहरूको हकमा मात्रै सो छुट लागू हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK