Skip to content
LAXMI SUNRISE BANK

लाइफ इन्सुरेन्स कर्पोरेसनको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ९६.१० प्रतिशतले घट्दा अन्य सुचकको अवस्था कस्तो ?

अर्थ सरोकार

काठमाडौं। लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा  ६० लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा आघिल्लो वर्षको तुलनामा ९६.१० प्रतिशतले कम हो । गत वर्ष कम्पनीले १५ करोड ३७ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको लगानी कर्जा तथा अन्य आम्दानी २३.४१ प्रतिशतले बढेपनि सम्भावित नोक्सानीको लागि १५ करोड १२ लाख ४३ हजार रुपैयाँ छुट्याएपछि खुद नाफामा उच्च गिरावट आएको छ । यस्तै कम्पनीको रिजर्भ कोष र जीवन बिमा कोषमा भने सुधार भएको छ । साथै कम्पनीको प्रतिसेयर आम्दानी २३ पैसामा पुगेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK