×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आयल निगम निजीकरणको प्रचार शतप्रतिशत गलत, वित्तीय र व्यवस्थापकीय रुपमा प्रतिस्पर्धी बनाउँदैछौं’: उद्योगमन्त्री बडू

PRIME CA

‘आयल निगम निजीकरणको प्रचार शतप्रतिशत गलत, वित्तीय र व्यवस्थापकीय रुपमा प्रतिस्पर्धी बनाउँदैछौं’: उद्योगमन्त्री बडू

अर्थ सरोकार

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने प्रचार गलत रहेको र शतप्रतिशत झुटो रहेको मन्त्री बडूले बताएका छन् । मन्त्री बडूले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेताले निगम निजीकरण गर्न लागिएको र कमिसन खान लागेको भन्नेजस्ता टिप्पणी शतप्रतिशत गलत रहेको बताएका हुन् ।

उनले गलत प्रचार नगर्नसमेत आग्रह गरे । मन्त्री बडूले पेट्रोलियम पदार्थको आयात तथा बिक्री वितरण गर्न निजी क्षेत्रलाई दिन लागिएको भन्ने प्रचार गलत रहेको र गलत हल्लाका पछाडि नलाग्न आग्रह गरेका हुन् । उनले निगमलाई बढी व्यवस्थित बनाउन लागिएको बताए । मन्त्री बडूले निगम पछिल्लो समय रु ४७ अर्ब घाटामा भएको र भारतीय आयल कर्पोरेशनलाई रु २२ अर्ब ४० करोड तिर्न बाँकी रहेको समेत जानकारी दिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: