×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्रबारे राष्ट्र बैंकको पछिल्लो तथ्यांक : शोधानान्तर घाटा इतिहासकै उच्च, रेमिट्यान्समा भने सुधार !

PRIME CA
GLOBAL IME BANK

अर्थतन्त्रबारे राष्ट्र बैंकको पछिल्लो तथ्यांक : शोधानान्तर घाटा इतिहासकै उच्च, रेमिट्यान्समा भने सुधार !

२८ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शोधानान्तर घाटा इतिहासकै उच्च विन्दुमा पुगेको छ । चालु आर्थिक वर्षको ९ महिना चैतसमम्मा आइपुग्दा नेपाल भित्रिने भन्दा बाहिरिने रकमको मात्रा उच्च हुँदा शोधानान्तर घाटा इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेपाल भित्रिने भन्दा बाहिरिने रकमको मात्रा उच्च हुँदा शोधानान्तर घाटा इतिहासकै उच्च विन्दुमा पुगेको छ । चैत महिनासम्म रेमिट्यान्सको आप्रवाहमा केही सुधार भएपनि आयात उच्च रहेकाले विदेशी मुद्राको सञ्चिति जोगाउने सरकारी लक्ष्य प्रभावित छ ।

नेपाल राष्ट्र बैंककाअनुसार ९ महिनासम्म शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो । यस्तै अघिल्लो वर्ष २ खर्ब १० अर्ब ५१ करोडले चालु खाता घाटामा रहेको थियो भने यस अवधिमा चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ ।

नेपाल भित्रने रकम र नेपालबाट बाहिरिने रकमबीचको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति घाटामा जानुको मतलव नेपालबाट बढी रकम विदेशिएको छ । त्यसको तुलनामा कम रकम नेपाल आइरहेको छ । बढ्दो आयात र कम निर्यातका कारण यस्तो अवस्था आउने गर्छ । यस्तै चैत महिनामा मात्रै विदेशी मुद्राको सञ्चिति २ अर्ब ८ करोड रुपैयाँले घटेको छ । अघिल्लो महिना फागुनसम्म ११ खर्ब ७० अर्ब रुपैयाँको विदेशी मुद्रा सञ्चिति रहेको थियो ।

यता असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले घटेर चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । यस्तै अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको थियो भने चैत्र मसान्तमा १८.२ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

यता रेमिट्यान्समा भने सुधार आएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैतमा मात्रै विदेशबाट ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत फागुन महिनामा ९२ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: