×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने, आज दिउँसो ३ बजेसम्म बोलकबोल हुने

PRIME CA
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने, आज दिउँसो ३ बजेसम्म बोलकबोल हुने

५ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले जेठ ५ गते बिहीबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको हो । केन्द्रीय बैंकले जेठ ६ गते निष्कासन गर्न लागेको यस ऋणपत्रमा जेठ ५ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने भएको छ ।

विकास ऋणपत्र २०८१ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्र २०८१ जेठ ६ गते परिपक्व हुनेछ । ऋणपत्र सर्वसाधारण नागरिक, बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन् ।

ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन दिन पनि पाइनेछ । यसको ब्याजदर भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । ब्याजदर बोलकबोलकको मध्यमबाट निर्धाराण हुनेछ भने आर्जित ब्याजमा ब्याजकर लाग्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको हो । प्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको १ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ । नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमा पनि ऋणपत्र कारोबार हुन सक्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: