×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीको व्यवसायको आधा हिस्सा हिमालयन रिइन्स्योरेन्सलाई दिने बीमा समितिको निर्णय

PRIME CA

नेपाल पुनर्बीमा कम्पनीको व्यवसायको आधा हिस्सा हिमालयन रिइन्स्योरेन्सलाई दिने बीमा समितिको निर्णय

अर्थ सरोकार

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आधा बजार हिस्सा हिमालयन रि-इन्स्योरेन्स कम्पनीलाई दिने भएको छ । बीमा समितिले नेपाल रि–इन्स्योरेन्सले पाउँदै आएको २० प्रतिशत आरक्षित पुनर्बीमा व्यवसायको आधा हिस्सा निजी लगानीको हिमालयन रि इन्स्योरेन्सलाई दिने भएको हो । समितिको बुधबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै-साथै बीमा समितिले प्रत्येक वर्ष दुई प्रतिशतका दरले घटाएर १० वर्षमा आरक्षण पुनर्बीमालाई शून्यमा झार्ने समेत निर्णय गरेको छ ।

हिमालयन रिलाई नै व्यवसाय सुनिश्चित गरिदिने उद्देश्यका साथ यसअघि नेपाली बीमा कम्पनीहरुलाई शतप्रतिशत पुनर्बीमा स्वदेशी पुनरबिमकसँग मात्र गर्नुपर्ने निर्णय समितिले गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत व्यवसाय पछिल्लो समय दुई वटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेकाले दुबै कम्पनीलाई बराबरी बाँड्ने निर्णय भएको बीमा समितिले जनाएको छ । बीमालेखमा उल्लेखित बीमाङ्कको कम्तीमा २० प्रतिशत हिस्सामध्ये १० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनी र १० प्रतिशत व्यवसाय हिमालयन रिले पाउने भएका छन् ।

यस्तै दुई कम्पनीलाई बाँडेको १० प्रतिशत व्यवसायलाई पनि प्रत्येक वर्ष दुई प्रतिशतका दरले घटाउँदै लैजाने निर्णय गरेको छ । हाल १० प्रतिशत आरक्षित व्यवसाय पाउँदै आएका कम्पनीले अर्को वर्ष ८ प्रतिशत, त्यपछिको वर्ष ६ प्रतिशत हुँदै पाँचौं वर्षमा २ प्रतिशत मात्र व्यवसाय पाउने भएको छ । छैटौं वर्षदेखि आरक्षित व्यवसाय शुन्यमा झर्नेछ । छैटौं वर्षदेखि भने दुबै कम्पनीले सुश्चित व्यवसाय पाउने छैनन् ।

समितिको निर्णयअनुसार नेपाल पुनर्बीमा कम्पनीको ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको व्यापार खोसिने भएको छ । यस कम्पनीले २० प्रतिशत पुनर्बीमा आरक्षणबाट साढे ७ अर्ब माथिको व्यापार पाउँदै आएको थियो । नेपाल रिले पाउँदै आएकोमध्ये १० प्रतिशत बराबरको व्यवसाय बाँड्ने समितिको निर्णयले ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको व्यापार खोसिनेछ । उक्त व्यवसाय निजी क्षेत्रको लगानीमा स्थापित हिमालयन रि ले पाउनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: