Skip to content
LAXMI SUNRISE BANK

नेपाल टेलिकमको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ७.६३ प्रतिशतले घट्यो खुद नाफा

अर्थ सरोकार

काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो बर्षको तुलनामा ७.६३ प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले ५ अर्ब ८८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस्तै कम्पनीले सेवा व्यापारबाट २८ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि ४ अर्ब २२ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ । यस्तै कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ र टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ५२ रुपैयाँ ३१ पैसाबाट घटेर ४० रुपैयाँ २६ पैसामा पुगेको छ र कम्पनीको प्रतिसेयर नेटवर्थ  ५११ रुपैयाँ ७७ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK