काठमाडौं । शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले नेप्सेलाई शुक्रबार पनि बजार खोल्न निर्देशन दिएको हो ।
शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताएका हुन्।
सरकारले जेठदेखि शनिबार र आइतबार सार्वजानिक विदा दिने निर्णय गरेसँगै सेयर बजार ४ दिन मात्रै खुल्ने अवस्था देखिएको थियो । ४ दिन मात्रै सेयर बजार खोल्नु उपयुक्त नहुने देखिएकाले अध्यक्ष हमालले शुक्रबार पनि पूर्ण समय बजार खोल्न निर्देशन दिएको बताए ।