×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट बिनियोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट बिनियोजन

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट छुट्याएको बताएका हुन् । यस्तै अर्थमन्त्री शर्माले उनले भैरहवा र पोखरा पूर्णरुपमा सञ्चालनमा ल्याएने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि २ अर्ब २० करोड बजेट बिनियोजन गरिएको समेत बताए । आगामी आवमा गौतम बुद्ध विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण गरिने, धनगढीको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाइने र सुखर्तेमा रहेको विमानस्थललाई प्रादेशिक विमानथलमा स्तरोन्नती गरिने उनले बताए ।

उनले नागरिक उड्ययन प्राधिकरणको पुनसुंरचना गरी सेवा प्रदायक र नियामकका रुपमा बनाइने पनि बताएका छन् । यस्तै डडेलधुरा, बलेवा, उदयपुरमा विमानस्थल सञ्चालनमा ल्याएने समेत बताए । साथै हवाई क्षेत्रका लागि १२ अर्ब २४ करोड बजेट बिनियोजन गरिएको छ । यस्तै सरकारले ७५३ स्थानीय तहमा कृषि विज्ञ र देशभरका सबै वडामा कृषि प्राविधिक नियुक्त गर्ने घोषणा गरेको छ ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमका लागि ५ अर्ब ९० करोड र कृषि सुधारका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सरकारले किसान परिचयको आधारमा सहुलियत र सुविधाहरु उपलब्ध गराउने भएको छ । यस्तै आगामी वर्ष रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट छुट्याएको छ । सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी