काठमाडौं । निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा कुल ८० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १२.२९ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले ७१ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १.८४ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा १२.२६ प्रतिशतले बढेको छ । यस्तै कम्पनीको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । कम्पनीको चुक्ता पुँजी २९.५० प्रतिशतले बढेको छ र रिजर्भ कोषमा पनि १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा ५.८९ प्रतिशतबाट घटेर ३.३३ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ भने २१० रुपैयाँ ४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्