रामपुर (पाल्पा) । रामपुरमा निर्माण हुन लागेको सहरी स्वास्थ्य केन्द्रको भवन शिलन्यास गरिएको छ । रामपुर नगरपालिका– ४ व्यास बसपार्कमा वडा नं ४ र ५ का नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले सोमबार शिलान्यास गरी भवन निर्माण कार्य थालिएको हो ।
जिल्ला समन्वय समितिको रु. १५ लाख, रामपुर नगरपालिकाको रु. १० लाख र जनसहभागिता रु. दुई लाख ८८ हजार गरी कूल रु. २७ लाख ८८ हजारको लागतमा भवन निर्माण हुने उपभोक्ता समितिका सचिव प्रेम सारुले जानकारी दिए । सो भवन आगामी असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम थालनी गरिएको समितिले जनाएको छ ।
वडाध्यक्ष रामबहादुर रानाले भवन अभावमा नागरिकलाई सेवा दिन समस्या पर्ने भएकाले स्वास्थ्य सेवालाई सहज रुपमा नागरिक समक्ष प्रवाह गर्न नयाँ भवन बनाउने कार्य थालनी गरिएको बताए । भवन अभावमा कालीगण्डकी आमा समूहको भवनबाट सञ्चालन हुँदै आएको स्वास्थ्य केन्द्र अब भवन बनेपछि सेवा प्रवाहमा सजिलो पर्नेछ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्