×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्सुरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनएलजी इन्सुरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

२८ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। एनएलजी इन्सुरेन्सले चालु  आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १७ करोड ७ लाख ४२ हजार रुपैयाँमा खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा आघिलो वर्षको तुलनामा १९.७७ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले २१ करोड २८ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद बिमा शुल्क आम्दानी ३४.६५ प्रतिशतले घटेर ५५ करोड ७८ लाख ६४ हजार रुपैयाँमा पुगेको छ । कम्पनीको लगानी तथा अन्य आम्दानी  २३.४६ प्रतिशतले घट्यो । साथै कम्पनीको रिजर्भ कोष ५.४३ प्रतिशतले घटेको छ भने बिमा कोष १०.७४ प्रतिशतले बढेको छ । कम्पनीको चुक्ता पुँजी १०५ ले बढेको छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँले घटेर १८ रुपैयाँ ८८ पैसामा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: