काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १० करोड ५३ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १६.७५ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता सञ्चालन नाफा १६.३६ प्रतिशतले घटेर १६ करोड ७५ लाख ३८ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी पनि ०.८३ प्रतिशतले घटेर ३३ करोड ७० लाख ८५ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ६४ पैसा रहेको छ ।