×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्जीवन बीमा कम्पनीहरूको लगानी ५२ अर्ब ७९ करोड बढी, सबैभन्दा धेरै लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा

GLOBAL IME BANK
SHREE KESH

निर्जीवन बीमा कम्पनीहरूको लगानी ५२ अर्ब ७९ करोड बढी, सबैभन्दा धेरै लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा

११ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ अर्ब ७९ करोड ४० लाख ९३ हजार रूपैयाँ धेरै लगानी गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार २० निर्जीवन बीमा कम्पनीहरूले उक्त लगानी गरेका हुन् । कम्पनीहरूले ८२.७६ प्रतिशत अर्थात ४३ अर्ब ६९ करोड २९ लाख रूपैयाँ लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा गरेका छन् । यता घर जग्गा र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कम्पनीहरूको लगानी शून्य छ ।

कम्पनीहरूले क वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३७ अर्ब ४२ करोड ७९ लाख रूपैयाँ लगानी गरेका छन् भने घ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ५ अर्ब ३६ करोड ८६ लाख रूपैयाँ लगानी गरेका छन् । यस्तै ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८९ करोड ६३ लाख रूपैयाँ गरी सो बराबरको लगानी गरेका छन् र पब्लिक कम्पनीको आइपीओमा १ अर्ब ६६ करोड ७ लाख रूपैयाँ लगानी गरेका छन् ।

यस्तै पब्लिक कम्पनीको डिबेन्चरमा १ अर्ब २१ करोड ७९ लाख रूपैयाँ लगानी गरेका छन् भने क, ख, ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्र १ अर्ब ५८ करोड २९ लाख रूपैयाँ, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा २४ करोड ३ लाख रूपैयाँ लगानी गरेका छन् । यस्तै, कम्पनीहरूले नेपाल सरकारको बचतपत्रमा २८ करोड ८८ लाख रूपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ४० करोड ७ लाख रूपैयाँ लगानी गरेका छन् । यस्तैगरी निर्जीवन बीमा कम्पनीहरुले अन्य लगानी अन्तर्गत ३ अर्ब ७० करोड ९६ लाख रूपैयाँ लगानी गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: