काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले साढे ३ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले साढे ३ अर्ब भन्दा धेरै नाफा आर्जन गरेका हुन् । १९ निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा ३ अर्ब ५८ करोड ३६ लाख २४ हजार रूपैयाँ खुद नाफा कमाएका हुन् ।
अघिल्लो वर्ष यस अवधिमा कम्पनीहरुले ३ अर्ब ४५ करोड १९ लाख ७४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेका थिए । यस अवधिमा ७ कम्पनीको नाफा घटेको छ भने १२ कम्पनीको नाफा बढेको छ । एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल, नेको इन्स्योरेन्स, आईएमई जनरल, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको नाफा घटेको हो । सबैभन्दा धेरै नाफा लुम्बिनी जनरल इन्स्योरेन्सको घटेको छ । यस कम्पनीको नाफा ३०.६५ प्रतिशतले घटेको हो ।
यस्तै एनएलजी इन्स्योरेन्सको नाफा १९.७७ प्रतिशत, आईएमई जनरल इन्स्योरेन्सको ११०.८४ प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको २६.२१ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको १२.२१ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको १०.७५ प्रतिशतले घटेको छ । यता सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनीमा यूनाइटेड इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स रहेको छ । यस्तैगरी शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल, अजोड इन्स्योरेन, नेपाल, यूनाइटेड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स , सानिमा जनरल इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको नाफा पनि बढेको छ । यूनाइटेड इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै प्रतिशतले बढेको छ । यस कम्पनीको खुद नाफामा ९३.९८ प्रतिशतले वृद्धि भएको हो ।
यस्तै सानिमा जनरल इन्स्योरेन्स दोस्रोमा रहेको छ । यस कम्पनीको खुद नाफा ८०.५४ प्रतिशतले बढेको हो । अजोड इन्स्योरेन्सको नाफा ५४.०६ प्रतिशत,प्रभु इन्स्योरेन्सको १.४० प्रतिशत, लुम्बिनी जनरलको १७.५२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ५.४९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको २६.९२ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ०.६० प्रतिशत, शिखर इन्स्योरेन्सको १.०४ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको १.९९ प्रतिशत, ओरियन्टल इन्स्योरेन्सको २९.९६ प्रतिशत र जनरल इनस्योरेन्सको नाफा २९.४७ प्रतिशतले बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्