×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकको स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकको स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त

२ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त गरेको छ ।

योसँगै वरिष्ठ अर्थाेपेडिक सर्जन डा. यादवको विशेषज्ञ सेवा अब नर्भिक अस्पतालमा समेत उपलब्ध हुनेछ । डा. यादव देशकै चर्चित अर्थोपेडिक सर्जनमध्येका एक हुन् । खेल चिकित्सा, ट्रमा, जोइन्ट रिप्लेसमेन्ट, बालरोग, मेरुदण्ड, काँध, कुहिनो, खुट्टा, हात, घूँडा लगायतमा हुने समस्या तथा तिनको सर्जरीबाट गरिने उपचार विधिमा उनको विशेष दक्षता रहेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: