काठमाडौं । इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध हटाएसँगै सोमबारबाट नेपालमा पनि पाम तेल आयात हुने भएको हो । आफ्नै मुलुकमा तेलको मूल्य उच्च भएपछि गत वैशाख दोस्रो सातादेखि इण्डोनेसियाले पाम तेल निर्यातमा रोके लगाएको थियो ।
आगामी सोमबारबाट इण्डोनेसियाको पाम तेल निर्यात खुला हुने भएको हो । इण्डोनेसियाले पाम तेलको निर्यात रोकेसँगै नेपाली बजारमा त्यसको प्रभाव परेको थियो । बिस्कुट, साबुन, चाउचाउ लगाउतका उद्योगमा कच्चा तेलको रुपमा प्रयोग हुनुका साथै नेपालमा प्रशोधन भएर ठूलो मात्रामा पाम तेल भारत निर्यात हुँदै आएको थियो ।
पाम तेलको आयात प्रभावित हुँदा ठूलो लगानीका झण्डै दुई दर्जन प्रशोधन उद्योग र रोजगारी पनि समस्यामा परेको थियो । चालु आर्थिक वर्षको चैतसम्म ३३ अर्ब ६१ करोड रुपैयाँ बराबरको २४ करोड ७८ लाख लिटर पाम कच्चा तेल नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्