काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७, दोखुका महिला आयआर्जन गर्न तानमा ढाकाको कपडा बुन्दैदेखि परम्परागत गहनामा सजिएका कृष्णपुर नगरपालिका बञ्जरीयाका थारू महिला । आधुनिकताको प्रवेशसँगै परम्परागत गहना लगाउने प्रचलन हराउँदै जान थालेको सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७, दोखुका महिला आयआर्जन गर्न तानमा ढाकाको कपडा बुन्दै ।
परम्परागत गहनामा सजिएका कृष्णपुर नगरपालिका बञ्जरीयाका थारू महिला । आधुनिकताको प्रवेशसँगै परम्परागत गहना लगाउने प्रचलन हराउँदै जान थालेको छ
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको नवनिर्मित कार्यालय भवन । गाउँपालिकाले सभाहलसहितको कार्यालय भवन निर्माण गरी आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्न सुरु गरेको छ ।
महिला, कानून र विकास मञ्चले संविधान अनुसार लैङ्गिक पहिचानको नागरिकता प्रमाणपत्र दिने व्यवस्था कार्यान्वयनका लागि आइपरेका व्यवधानका विषयमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रमका सहभागी वक्ता ।
प्रतिनिधिसभाको बैठकमा शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा आगामी आ.व. ०७९/८० को विनियोजन विधेयकका सिद्वान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुहुँदै ।
डडेल्धुरामा सम्पन्न भएको स्थानीय तह निर्वाचन सुरक्षार्थ म्यादी प्रहरीको इमान्दार, बफादार भई अनुशासित ढङ्गले तोकिएको कार्यक्षेत्रमा खटी निर्वाचन कार्यलाई स्वतन्त्र, निस्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका म्यादी प्रहरीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक देवेन्द्रबहादुर पालबाट धन्यवादसहित प्रमाणपत्र वितरण गरी बिदाइ गर्दै ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्