×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : झापामा किसानले लगाएको चैते धान पाक्यो, आयआर्जन गर्नका लागि उनबाट राडी बुन्दै महिला

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : झापामा किसानले लगाएको चैते धान पाक्यो, आयआर्जन गर्नका लागि उनबाट राडी बुन्दै महिला

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले झापा, कमल गाउँपालिका– ७ का किसानले लगाएको चैते धान पाक्न लाग्दैदेखि ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बा डाँडामा आयआर्जन गर्नका लागि सामूहिकरुपमा भेडाको उनबाट राडी बुन्दै महिला । पछिल्लो समयमा भेडागोठ विस्थापित हुँदै गएसँगै राडी बुन्ने पेशा सङ्कटमा पर्दै गएको सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

झापा, कमल गाउँपालिका– ७ का किसानले लगाएको चैते धान पाक्न लाग्दै ।ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बा डाँडामा आयआर्जन गर्नका लागि सामूहिकरुपमा भेडाको उनबाट राडी बुन्दै महिला । पछिल्लो समयमा भेडागोठ विस्थापित हुँदै गएसँगै राडी बुन्ने पेशा सङ्कटमा पर्दै गएको छ  । 

ताप्लेजुङको ग्रामीण भेगमा देखिएको हिले ब्याडमा धानको नर्सरी । यहाँका प्रायः सबै ठाउँमा वैशाखमा धानको ब्याड राख्ने गरिन्छ भने असारमा रोपाइँ गरिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भेटघाट गर्दै ।

व्यास नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली काँग्रेसका बमबहादुर आले विजयी भएपछि कौरा नृत्यसहित आइतबार सदरमुकाम दमौली बजारमा निकालिएको विजयी र्याली ।

कृष्णपुर नगरपालिका– ६ बञ्जरियास्थित महाकाली सामुदायिक वनका उपभोक्ता महिला सीप सिकेर बनाइएका मुढा प्रर्दशन गर्दै । सामुदायिक वनले तीनमहिने तालिम प्रदान गरी बेतवाँसबाट मुढा बनाउने कार्यमा दक्ष बनेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: