×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : धानको बीउ राख्न खरानी छर्दै किसान, जलयात्रामा रमाउँदै पोखराका पर्यटन व्यवसायी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : धानको बीउ राख्न खरानी छर्दै किसान, जलयात्रामा रमाउँदै पोखराका पर्यटन व्यवसायी

Artha Sarokar

९ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले भक्तपुरको चाँगुनारायण नगरपालिका झौखलमा धानको बीउ राख्न खरानी छर्दै किसान । लगातार वर्षाको कारण बीउ राख्न ढिलाइ भएको किसान बताउँछनदेखि लमजुङ राइनासस्थित तल्लो मस्याङ्दी नदीको जलयात्रामा रमाउँदै पोखराका पर्यटन व्यवसायी सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

भक्तपुरको चाँगुनारायण नगरपालिका झौखलमा धानको बीउ राख्न खरानी छर्दै किसान । लगातार वर्षाको कारण बीउ राख्न ढिलाइ भएको किसान बताउँछन ।लमजुङ राइनासस्थित तल्लो मस्याङ्दी नदीको जलयात्रामा रमाउँदै पोखराका पर्यटन व्यवसायी ।मेलम्ची– ११, खानिगाँउबाट देखिएको गत असार १ को बाढीले क्षति पुर्याएको मेलम्ची बजार ।बेनी–दरवाङ सडक अन्तरगत म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा सडक कालोपत्रे गरिँदै । पूर्वाधार विकास कार्यालयले बेनीदेखि तातोपानी जोड्ने करिब ९ किलोमिटर सडक कालोपत्रे गरेको छ ।सप्तरीको तिरहुत गाउँपालिकास्थित हुलाकी सडक पुनः निर्माणका लागि डोजरबाट सडक फराकिलो गर्दै ।काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७, पुरानो बजारस्थित पुरातात्विक सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक इन्द्रेश्वर महादेव मन्दिर ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी