×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : दराइबोटे तालमा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक, फाँटमा चैते धानको हरियाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : दराइबोटे तालमा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक, फाँटमा चैते धानको हरियाली

Artha Sarokar

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले चितवनको खैरेनी नगरपालिका—१३ स्थित दराइबोटे तालमा मनोरञ्जन लिँदै आन्तरिक पर्यटकदेखि बागलुङ नगरपालिका–८ सिगानाबाट देखिएको खहरे आसपासको फाँटमा चैते धानको हरियाली । उर्भर भूमी रहेको यस क्षेत्रमा वर्षमा दुई पटक धान खेती हुने गरेको सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

चितवनको खैरेनी नगरपालिका—१३ स्थित दराइबोटे तालमा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । बागलुङ नगरपालिका–८ सिगानाबाट देखिएको खहरे आसपासको फाँटमा चैते धानको हरियाली । उर्भर भूमी रहेको यस क्षेत्रमा वर्षमा दुई पटक धान खेती हुने गरेको छ ।बुटवल उपमहानगरपालिकाको वडा नं १३ स्थित जङ्गलमा बाख्रा चराउन लैजादै किसान ।बैतडीको डिलाशैनी गाउँपालिका र धामीगाउँ जोड्ने हिलाम्मे सडकमा फसेको ‘पिकअप भ्यान’ धकेल्दै स्थानीय । कच्ची सडक स्तरोन्नती नहुँदा सवारी साधनमा यात्रा गर्ने र पैदल यात्रु दुबैले सास्ती भोग्नु परेको छ ।म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङको मलम्पारमा निगालाको चोयाबाट डोको बुन्दै एक स्थानीय ।काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ९ स्थित खोपासीको फाँटमा धान रोप्दै किसान । अहिले यहाँका किसानहरु धान रोप्ने कार्यले खेतमा व्यस्त छन् ।राष्ट्रपति विद्यादेवी भण्डारी संसदको दुवै सदनको बैठक सुरू हुनुअघि नेपाली सेनाबाट गरिएको सम्मान ग्रहण गर्दै ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी