Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : सयपत्रीका बोट रेखदेख गर्दै पाल्पाका युवक, पल्ट्याङमा सडक स्तरोन्नति गर्दै स्थानीयवासी

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पाल्पाको रामपुर नगरपालिका–४, देवीस्थानका युवा दिलबहादुर थापा आफूले लगाएको सयपत्रीका बोट रेखदेख गर्दैदेखि तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा सडक स्तरोन्नतिका लागि जुटेका स्थानीयवासी । तनहुँ जलविद्युत् आयोजनाको रु. १२ लाख सहयोगमा सडक स्तरोन्नति गर्न लागिएको सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

पाल्पाको रामपुर नगरपालिका–४, देवीस्थानका युवा दिलबहादुर थापा आफूले लगाएको सयपत्रीका बोट रेखदेख गर्दै ।तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा सडक स्तरोन्नतिका लागि जुटेका स्थानीयवासी । तनहुँ जलविद्युत् आयोजनाको रु. १२ लाख सहयोगमा सडक स्तरोन्नति गर्न लागिएको हो ।गोकर्णेश्वर नगरपालिका–४ स्थित सरकारले राष्ट्रिय शहीद स्मारक निर्माण गरिरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा वृक्षरोपण गर्दै वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँल ।हवाईबाट लिएको विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ स्तूपा र स्तूपा वरिरपरिको बाक्लो बस्ती ।मुस्ताङको जोमसोमबाट देखिएको हिमाल र त्यस क्षेत्रमा उडिरहेको जहाज । यस क्षेत्रमा मध्याह्न १२ बजेपछि बेसरी हावाहुरी चल्ने भएकाले यसअघि नै उडान गर्ने गरिन्छ ।म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडामा निर्माण भएको हेम नमुना आवासीय माविको छात्रावास भवन । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको साझेदारीमा भवन निर्माण भएको हो ।म्याग्दीको बेनीमा नेपाल भाषा मंका खःलले निर्माण गरेको एक हजार जना क्षमताको सभाहल । चन्दा सङ्कलन गरेर मौलिक र कलात्मक शैलीमा सभाहल निर्माण गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK