×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : सडक सञ्जालले नजोडिएको नार्पाभूमिमा खच्चडबाट खाद्यान्न साम्रगी दुवानी गर्दै, गोरु जोत्दै स्थानीय किसान

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले गण्डकी प्रदेशकै दुर्गम गाउँपालिका नार्पाभूमिमा मनाङ सदरमुकाम चामेबाट खच्चडबाट खाद्यान्न साम्रगी दुवानी गर्दै । सडक सञ्जालले नजोडिएको यस गाउँपालिकाको यातायात नै खच्चडको भरमादेखि भोजपुरको अरुण किनारमा पर्ने स्थानीय निकाय अरुण गाउँपालिकाको गन्धर्व गाउँमा बारी गोरु जोत्दै स्थानीय किसान । गोरुलाई चर्न नदिन मुख छोप्ने मोहला लाउने प्रचलनसम्मका तस्विरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

गण्डकी प्रदेशकै दुर्गम गाउँपालिका नार्पाभूमिमा मनाङ सदरमुकाम चामेबाट खच्चडबाट खाद्यान्न साम्रगी दुवानी गर्दै । सडक सञ्जालले नजोडिएको यस गाउँपालिकाको यातायात नै खच्चडको भरमा छ ।भोजपुरको अरुण किनारमा पर्ने स्थानीय निकाय अरुण गाउँपालिकाको गन्धर्व गाउँमा बारी गोरु जोत्दै स्थानीय किसान । गोरुलाई चर्न नदिन मुख छोप्ने मोहला लाउने प्रचलन छ ।गत जेठ १४ मा आएको बाढीले बगाएर क्षति पुर्याएको मनाङ चामेगाउँपालिका– ४, घट्टेखोलामा गाउँपालिकाको सहयोगमा तटबन्ध गरिँदै ।कृष्णपुर नगरपालिका–२ मा पर्ने सिस्ने सिमसारको दृश्य । यो क्षेत्र आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ ।खानेपानीमन्त्री उमाकान्त चौधरी बिहीबार हेलम्बुस्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार निरीक्षण गर्दै ।जुम्लाको हिमा गाउँपालिकाको मोप्लाका किसान मार्सीधान रोप्दै ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: