आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले राष्ट्रपति विद्यादेवी भण्डारी ‘गणतन्त्र दिवस २०७९’ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेना टुकडीबाट दिएको सलामी ग्रहण देखि बैतडीको गोकुलेश्वर– धामीगाउँ सडकखण्डमा हिलोमा फसेको मोटरसाइकल धकेलेर निकाल्दै । कच्ची सडक स्तरोन्नति नहुँदा सवारी सञ्चालनमा समस्या हुने गरेको सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
राष्ट्रपति विद्यादेवी भण्डारी ‘गणतन्त्र दिवस २०७९’ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेना टुकडीबाट दिएको सलामी ग्रहण गर्नुहुँदै ।
बैतडीको गोकुलेश्वर– धामीगाउँ सडकखण्डमा हिलोमा फसेको मोटरसाइकल धकेलेर निकाल्दै । कच्ची सडक स्तरोन्नति नहुँदा सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।
दाङको दंगीशरण गाउँपालिका–१, बाँकीमा बबईको पानी लिफ्टिङ गर्नका लागि जडान गरिएका सोलार ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ स्थित उत्तम अल्लो कपडा उद्योगमा तानबाट अल्लोको कपडा बुन्दै एक उद्यमी महिला । अल्लोको कपडा प्रतिकोट ३ हजारदेखि ८ हजार रुपैयाँसम्ममा खरिद बिक्री हुँदै आएको छ ।
कैलालीको टीकापुरमा निर्माणाधीन सरुवा रोग अनुसन्धान केन्द्रको नवनिर्मित भवन । सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत रु दुई करोड ६८ लाखको लागतमा भवन निर्माण सुरु भएको हो ।
बागलुङ जिल्लाको ट्राफिक चोकमा रहेको वीरेन्द्र–ऐश्वर्य पार्क पुनर्निर्माण अन्तिम चरणमा । बागलुङ नगरपालिकाको रु. एक करोड लागतमा उक्त पार्कको पुनर्निर्माण भइरहेको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–५,मल्कबाङको महयालेडाँडाको चरनक्षेत्रमा चर्दै गरेका भेडाबाख्रा । भेडाबाख्राका गोठलाई बेंसीबाट पहाड हुँदै हिमालको बुकीतर्फ लैजान थालिइएको छ ।
व्यावसायिक रुपमा रामपुर नगरपालिका–४, देवीस्थानमा सुकमाया सारुले गर्नुभएको सयपत्री फूलखेती अनुगमन गर्दै कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी, कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेयलगायत ।
भोजपुरको दिंला सब डिभिजन वन कार्यालय परिसरमा रहेको रुद्राक्षको नर्सरी । पछिल्लो समय आम्दानीको राम्रो स्रोतको रुपमा स्थानीवासीले रुद्राक्षको व्यावसायिक रुपमा खेती गर्दै आएका छन् ।
मुस्ताङको लोमान्थाङ गाउँ । ऐतिहासिक महत्वको लोमान्थाङ पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्