आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथको मन्दिर परिसरमा फूलमाला बेच्न बसेका व्यापारीदेखि शुक्लाफाँटा नगरपालिका–३ स्थित सूर्यज्योति सहकारी संस्थाबाट खेतबारीमा हाल्नका लागि डिएपी मल खरिद गरीे घरतर्फ लैजानका लागि साइकलमा राख्दै गरेका युवा । रासायनिक मलको अभाव हुँदा स्थानीय किसान निकै चिन्तित भएका सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
महोत्तरीको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथको मन्दिर परिसरमा फूलमाला बेच्न बसेका व्यापारी ।
शुक्लाफाँटा नगरपालिका–३ स्थित सूर्यज्योति सहकारी संस्थाबाट खेतबारीमा हाल्नका लागि डिएपी मल खरिद गरीे घरतर्फ लैजानका लागि साइकलमा राख्दै गरेका युवा । रासायनिक मलको अभाव हुँदा स्थानीय किसान निकै चिन्तित भएका छन् ।
दोलखाको भिमेश्वर नगरपालिका–२ द्वोल्खा बजारमा रु. साढे ५ करोडको लगानीमा पुनर्निर्माण गरिएको राजकुलेश्वर आधारभूत विद्यालयको भवन । हेल्प नेपाल नेट्रोक, रोटरी क्लब अफ पाटन दरबार स्क्वायर र नेप्लीज सोसाइटी अफ टेक्सासको सहयोगमा निर्माण गरिएको यस विद्यालयमा हाल १५० विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।
काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख सुनिता डंगोललाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ गराउँदै काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह ।
घोराही–११ स्थित एक व्यवसायीले गरिएको माहुरीपालन । मौरीपालनबाट मन्तग्य आम्दानी गरेका छन् । दाङ जिल्ला माहुरीपालनको पकेट क्षेत्रका रुपमा चिनिन्छ ।
अर्थमन्त्री जनार्दन शर्मा सोमबार अर्थ मन्त्रालयमा आयोजित आव ०७९/८० को बजेटसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा बजेटबारे जानकारी दिँदै ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुरको टुँडिखेलस्थित ‘रेड हाउस’ होटलले सञ्चालनमा ल्याएको पार्क । 
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्